दफा ५२८
करार अन्तर्गतको हक र दायित्व सर्ने

करार गर्ने कुनै व्यक्तिको मृत्यु भएमा वा निजको होस ठेगानमा नरहेमा त्यस्तो करार बमोजिम प्राप्त हुने हक त्यस्तो करार गर्ने व्यक्तिको सम्पत्ति प्राप्त गर्ने हकवालामा सर्नेछ र निजले प्राप्त गरेको सम्पत्तिले खामेको हदसम्मको दायित्व पनि निजले नै व्यहोर्नु पर्नेछ ।

तर व्यक्तिगत दक्षता वा योग्यताको आधारमा प्राप्त गरेको हक र दायित्व त्यस्तो हकवालामा सर्ने छैन ।